हेलम्बुमा हेलिकप्टर मार्फत शिशु सहित सुत्केरी महिलाको उद्दार

सुशील सुवेदी
सिन्धुपाल्चोक – हेलिकप्टर मार्फत हेलम्बुमा शिशु सहित सुत्केरी महिलाको उद्दार गरिएको छ । शुक्रबार हेलम्बु गाँउपालिका–२ किउलकी सोनिया जोतीको उद्दार हेलिकप्टरमाफर्त उद्धार गरिएको हो । उनलाई सुत्केरी ब्यथा लागेपछी एम्बुलेन्स मार्फत बिष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको हो । आमाको भन्दा पनि बच्चाको अबस्था जटिल भएपछी ९ एन,ए,के,पि हेलिकप्टर मार्फत आज बिहान १० बजे काठमाडौको थापाथली प्रसुती गृहमा पठाइएको हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । मेलम्चीमै सुत्केरी भएपनी आमा र शिशु दुबैजनाको स्वास्थ ठिक नभएपछि काठमाडौ पठाएको अध्यक्ष शेर्पाले बताउनुभयो । यस अघि पनि गाँउपालिकाले जटिल परिस्थितिमा सुत्केरीको उद्दार गर्दै आएको छ । हेलम्बु गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्