चाडपर्वलाई लक्षित गर्दै प्रहरीको अनुकरणिय कार्य

सुशील सुवेदी
सिन्धुपाल्चोक – ईलाका प्रहरी कार्यालय मेलम्चीले आजबाट सवारी दुर्घटना रोक्नकालागी सवारिसाधन चेकजाँचको कामलाई अगाडि बढाएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटिमा प्रहरिले आज एक कार्यक्रम गर्दै यातायातको साधनको चेकजाँच लाई सुरु गरेको हो । चाडपर्व नजिकिदै गर्दा यातायातका साधनहरुको अत्यधिक चाप हुने र यो समयमा यातायातमा यान्त्रिक समस्या धेरै आउने हुनाले यसलाइ न्युनिकरण गर्न चेकजाँचको काम अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङ्ले जानकारी दिए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले दुर्घटना हुन नदिन यातायातका साधनहरु बेला बेला चेकजाँच गर्नैपर्ने बताइन् । उनले यातायातका साधनहरुले आफ्नो क्षमता अनुसार मात्र यात्रु तथा सामान बोक्न आग्रह गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्