पूर्वीचौकी गाउँपालिका विद्युतको पहुँचमा जोडिदै, चालु आर्थिक वर्षमा गाउँपालिका भरि विद्युत विस्तार हुने

डोटी – पुर्विचौकी गाँउपालिका बडा नं.–५ काडामाण्डौको उपरकाडाँ विद्युत लाईन पुगेको छ । आइतबार गाउँपालिका अध्यक्ष दिर्घराज बोगटीले विद्युत लाईनको उद्घाटन गरेका हुन् । अन्धकारमा जिवन विताउन विताइरहेका स्थानीयहरु विद्युत पुगेपछि निकै खुसी भएका छन् । गाँउमा बिद्युत पुगेपछी एक सय १४ घरधुरी लाभान्वीत हुने गाँउपालिका अध्यक्ष बोगटीले बताए । गाँउपालिकाले आर्थिक बर्ष २०७६ ÷ ७७ मा २८ लाख रुपैयाँ र नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा उक्त गाँउमा विद्युत पुगेको हो ।

गाँउपालिकालाई उज्यालो गाँउपालिका बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको र जनता समक्ष आफुले बाचा समेत गरेकोले गाँउपालिकालाई उज्यालो बनाउन आफु लागी रहेको अध्यक्ष बोगटीले बताए । यस भन्दा पहिले उक्त वडामा रहेका धानुकाँडा, बोगटीगाउँमा विद्युत लाईन विस्तार भई संचालनमा आई सकेको छ । ७ वटा वडा रहेको उक्त गाँउपालिकाका प्रत्येक घरहरुमा चालु आर्थिक बर्षको अन्तिम सम्म विजुली बत्ति बाल्ने गाँउपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्