गन्यापधुरामा कृषि क्षेत्रमा दुई करोड, बेरोजगार युवाको लागि कृषि प्रभावकारि हुने : अध्यक्ष मल्ल

हरिश चन्द, डडेल्धुरा
रोजगारी र उत्पादन बढाउन गन्यापधुरा गाउपालिकाले करिब दुई करोड खर्च गर्ने भएको छ । कोरनाका कारण रोजगार गुमाएका युवाको लागि यो कृषि क्षेत्र प्रभावकारि हुने पालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा कृषि र पशुपालन तर्फ गाउपालिकाले करिब दुई करोड खर्च गर्ने योजना बनाएको गाउपालिका अध्यक्ष नबल मल्लले बताए ।
कोरोना भाईरसका कारण भारत लगायत अन्य मुलुक बाट रोजगारी गुमाई घर फर्किएका करिब २२ सय स्थानिय छन । रोजगारीका लागी भारत लगायत अन्य मुलुकमा गएकाहरुको संख्या ३५ सय छ । यो संख्या मध्ये २२ सय स्थानिय घर फर्किएको उनले बताए । रोजगारी गुमाई घर फर्किएका र घरमै पनि बेरोजगार स्थानिय लाई कृषि र पशुपालनको उत्पादन संग जोड्ने योजना गाउपालिको छ । सामुहिक कृषि तथा पशुपालन गरिरहेका फर्ममा लगानी गर्ने अध्यक्ष मल्लले बताए ।
एउटा फर्ममा २५ लाखका दरले लगानी गर्ने योजना गाउपालिकाको छ । उनले भने, प्रत्येक वडामा एउटा कृषि र एउटा पशुपालनको फर्ममा लगानी गर्ने छौ ।गाउपालिकाका पाँच वटै वडामा कृषि पशुपालनका फर्म बनाई युवा लाई उत्पादन र रोजगारी संग जोड्ने उनको भनाई छ । स्थानियहरुले कामको सुरुवात पनि गरिसकेका छन । कृषि, पशुपालन फर्मलाई २५ लाख संगै सिंचाई पोखरी, मल, बिउ, कृषि औजारमा गरी करिब दुई करोड बजेट कृषि पशुपालन तर्फ रहेको अध्यक्ष मल्लले बताए ।
वडा नं. १ को लकतडामा भागेश्वर कृषि फर्म छ । त्यहा भैंसि पालन गर्ने योजना गाउपालिकाको छ । सुकतडा र बन्तडीमा कृषिको पकेट क्षेत्र बनाई आलुमा लगानी गर्ने योजना गाउपालिकाको छ । यस्तै वडा नं. २ को पारिखेतमा तरकारी उत्पादन र कुजाकोटको कुजाकोट कृषि फर्म भित्र व्यसायिक रुपमा भैंसि पालन गर्ने । वडा नं. ३ को सेल्तडामा तरकारी खेती गर्ने, तरकारीको पकेट क्षेत्र बनाउने । डर्मत भन्ने ठाँउमा स्थानिय युवाले धेरै ठुलो जोश जाँगर देखाएका छन । उनिहरु लाई भैंसि, गाई, कुखुरा, बंगर पालनमा सघाउने । वडा नं. ४ को वनतोलमा बर्षाै देखि बाँझो १५० रोपनि जमिनमा स्थानियले आलु खेती सुरु गरेका छन । त्यहा भैंसि, बाख्रा पानलको राम्रो सम्भावना छ । यसमा सहयोग गर्ने ।
र वडा नं. ५ को सल्कोट क्षेत्रमा स्थानियले प्रशस्त तरकारी खेती लगायत कृषि कार्यको प्रचुर सम्भावना छ । त्यो छनौटमा परेको छ । र कोरालखोला क्षेत्रमा विदेश बाट फर्केका युवाहरुले बाख्रा पालिन गरि रहेका छन । उनिहरु लाई सहयोग गर्ने योजना रहेको गाउपालिका अध्यक्ष मल्लले बताए । हरेक वडाका युवाहरुले नमुना कार्यगरि यस क्षेत्रका युवाहरु आत्मनिर्भर वनाउने गन्यापधुरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलिप तामाङले जानकारि दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्