भारतीय काँग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी पक्राउ

एजेन्सी – भारतीय काँग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार काण्डका पीडित परिवारलाई भेट्न जाँदै गर्दा नेता गान्धीलाई युपी प्रहरीले पक्राउ गरेको हो । गान्धीलाई युपी पुलिसको नोएडा एक्सप्रेसवे को इकोटेक–१ चौकीबाट खटिएका प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । त्यस्तै पीडित परिवारलाई भेट्न गएकी काँग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले रोकेको छ । उनीहरु दुबैजना आफ्नो कारबाट ओर्लेर पैदल अगाडि बढेका थिए । केहीबेरपछि प्रहरीले राहुललाई ग्रेटर नोएडा एक्सप्रेसको इकोटोक १ पुलिस स्टेशनमा पक्राउ गरेको थियो । सँगै प्रियंकालाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।

त्यसअघि प्रहरीसँगको भएको धकेलाधकेलमा राहुल लडेका थिए । त्यसलगत्तै प्रहरीले राहुलको कठालो समातेका थिए । काँगे्रस नेताहरुले राहुलको हातमा चोट लागेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्