जेष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको बेदकोटमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नरपालिकाले ३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरको छ । बिहिबार बैजनाथ बृदाआश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
जेष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिएर बसेका १४ जना वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । महाकाली अस्पतालका डक्टरहरुको सहयोगमा नगरपालिकाले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै फलफुल वितरण समेत गरेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख अशोक कुमार चन्दको आथित्यतामा आयोजित उक्त कार्यक्रमा, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, महाकाली अञ्चल अस्पतालका डाक्टर गोबिन्द रोकाय, कार्यपालिका सदस्य लगायत महिला बिकास शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्