नौगाडमा तत्काल विद्यालयल खोल्न सकिने अवस्था छैन : अध्यक्ष प्रेमसिँह धामी

गणेशसिँंह धामी, दार्चुला
दार्चुलाको नौगाड गाउँपालिका अन्तरगत रहेका सबै विद्यालयका प्रधानाध्यापकहरुको अन्तरक्रिया बैठक सम्पन भएको छ । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा बसेको बैठकले तत्काल विद्यालयल खोल्न सकिने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।
कोभिड —१९ कोरोना भाईरसको जोखिम कायमै रहेको र शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालन नगर्न आदेश दिएको हुँदा बिद्यालय खोल्न नसकिने सहभागिहरुले बताएका छन् । बैठकले हालको अवस्थामा विद्यार्थीहरुलाई गृहकार्य दिने, बिषयगत स्वअध्ययन नोट बनाई वितरण गर्ने, बिद्यार्थी सहपाठी परिचालन गर्ने, टोल सहजीकरण गर्ने जस्ता कार्ययोजना बनाइ लागु गर्ने जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्