नमुना मावि खलंगामा प्राविधिक धारका कक्षा संचालन

गणेशसिंह धामी, दार्चुला

दार्चुला जिल्ला सदरमुकाम खलंमा रहेको नमुना माध्यामिक विद्यालयमा प्राविधकि धार तर्फको पढाई सुरु गरिएको छ । गत भाद्र १० गतेबाट अनलाइन कक्षा मार्फत पढाई सञ्चालन गरिएको भएपनि यहि असोज १० गतेबाट नियमित रुपमा विद्यालयमै कक्षा सञ्चालन भईरहेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो ।
विद्यालयमै कक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डका विधि अपनाएर पढाई सञ्चालन गरिएको प्रध्यानाध्यापक जोशीले उपहार खबर लाई जानकारी दिनुभयो । तिन वर्षे कोर्षको डिप्लोमा अन्तर्गत सिभिल इन्जिनियरीङ्को पढाई शैक्षिक सत्र २०७५ बाट सुरु भएको हो । गत शैक्षिक शत्रमा प्राविधिक धार तर्फ ५३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
नँया शैक्षिक सत्रका लागि प्राविधिक धार तर्फ असोज १५ गतेसम्म नयाँ भर्ना कार्यक्रम रहेको प्रधानाध्यापक जोशीले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्