घोरेटो बाटो निर्माणका लागि सहिजीकरण गर्न प्रशासन कार्यालयलाई व्याँस गाउँपालिकाको आग्रह

गणेशसिँह धामी, दार्चुला

दार्चुलाको व्याँस गाउँपालिकाले घोरेटो बाटो निर्माणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । मंगलबार निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले प्रशासन कार्यालयलाई पत्र पठाउदै नेपालको उत्तर पश्चिम क्षेत्रमा रहेको सामरिक महत्व बोकेको क्षेत्र त्रिदेशीय सिमानाका रुपमा रहेको दार्चुलाको व्याँस गाउँपालिकाको वडा नं. १ छाङरु तिंकर र कालापानी क्षेत्रसम्म जाने बाटो नहुँदा उक्त क्षेत्रमा बसोबास गर्ने जनता र सुरक्षाको निम्ती खटिएका सुरक्षाकर्मीलाई समेत आवत जावत गर्न अप्ठ्यारो भएको छ ।

व्याँस जाने बाटोको मौराभेल घाटीबगडमा नेपाली सेनाले ४५० मिटर जति घोरेटो बाटो निर्माण गरेपनि घाटीबगडदेखि करिब ८ किलोमिटर तल ब्याँस गाउँपालिका वडा नं. २ को तम्बाकु खोला क्षेत्रमा बाटो नहुदा आवत जावत गर्न समस्या भएकोले स्थानीय मार्फत बाटो निर्माण गर्दा स्थानीय सँग तम्बाकु भिर र छिलछिला क्षेत्रको कडा चट्टानी भाग फोड्ने मेसिन औजार नहुँदा स्थानीय मार्फत तम्बाकु क्षेत्रको बाटो निर्माण गर्न नसकिने भएकोले नेपाली सेना मार्फत तम्बाकु भिर र छिलछिला क्षेत्रमा घोरेटो बाटो निर्माण गर्नका लागि आवश्यक सहजिकरण गरिदिनु हुन गाउँपालिकाले अनुरोध गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्