कञ्चनपुरको बेदकोट-९ का वडाध्यक्ष धामीमाथि सांघातिक आक्रमण, धारिलो हतियार प्रहार

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामसिँह धामीमाथि सांघातिक कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणमा वडा अध्यक्ष धामीको छाती र पेटमा गम्भीर चोट लागेको छ ।
साँझ अबेरसम्म नगरपालिकाको बैठकमा व्यस्त रहेका अध्यक्ष धामी घर फर्किने क्रममा आज्ञात समुहले आक्रमण गरेको छ । धारिलो हतियार प्रहार गरेको र उनको पेट र छातीमा चोट लागेको छ ।

कार्यालयबाट मोटरसाईकलमा घर फर्किने क्रममा क्षेत्रीय कृषि कार्यालयदेखि पुर्व कल्र्भट सडकमा हमला भएको छ । ‘म मोटरसाईकल चढेर घर जाँदै थिए, ‘वडाध्यक्ष धामीले भने, ‘सडकमा ८÷१० युवक थिए, टाटैबाट हर्न दिएर पनि बाटो छाड्ेनन, मास्कले चिन्न सकेन्, म ढले, त्यसपछि मलाई होस नै भएन, ‘सडकमा केटा थिए, तर मलाई महिलाले घर पु¥याएपछि होस आयो ।’

पेट दुख्न थालेपछि मात्रै पेटमा घाउ भएको देखेर घर परिवारले उनलाई महाकाली अस्पताल ल्याईएको थियो । पेटको घाउमा पाँच टाँका लागेका छन् ।

सरकारले सुन्दरपुर क्षेत्रको जमिनको विवाद ढुङ्गो लगाउने निर्णयसंगै आफुमाथि केही भूमाफिया समुहले युवक लगाएर हमला गर्न लगाएको वडाध्यक्षले बताए । ‘अरु कोही होईन, मेरो वडाको विकास निर्माणको विषयमा कुनैपनि मानिस संग विवाद नै छैन, ‘अध्यक्ष धामीले भने, ‘मलाई यही भू माफिया समुहले सिध्याउन आक्र्रमण गरे ।’

घाईते वडाध्यक्ष धामीलाई भेट्न बेदकोट नगरका मेयर अशोक कुमार चन्द सहितका जनप्रतिनिधी, नेकपा नेता, एव स्थानीय आएका थिए ।

घरपरिवार, बेदकोटका जनप्रतिनिधीले धामीमाथि हमला गर्ने समुहको पहिचान गरि कार्बाहीको दायरमा ल्याउनुपर्ने माग गरेका छन् । कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटना बारे अनुसन्धान भईरहेको बताए ।

सुदूरपश्चिम खबरबाट साभार गरिएकाे

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्