प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई ५० हजार पुरस्कार (सूचना सहित)

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ ।

आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो ।

उत्कृष्ट लोगोलाई ५० हजार रूपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने सूचनामा उल्लेख छ । लोगो प्रदेश लोक सेवा आयोगको कार्यालय वा इमेलमार्फत् पठाउन सकिनेछ ।

म्याद सकिएपछि प्राप्त हुने लोगोलाई प्रतिस्पर्धामा सहभागी नगराइने आयोगले प्रष्ट पारेको छ । सामुहिक रूपमा गरेको डिजाइनलाई मान्यता नदिने आयोगले जनाएको छ ।

लोगोमा सगरमाथा, लालीगुँरासलगायत प्रदेश नम्बर १ को चिनारी झल्किने कुनै सांकेतिक चिन्हको प्रयोग गरेको हुनुपर्नेछ ।

डिजाइनरले लोक सेवा आयोगको लोगोलाई आधारको रूपमा प्रयोग गरेको हुनुपर्नेछ ।

लोगोमा ज्ञानको कुनै संकेत हुने गरी किताव, कलमलगायत स्केत हुनुपर्नेछ । लोगो [email protected] मा पठाउन सकिनेछ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्