‘जनप्रतिनिधि’ पुस्तक बिमोचन

सुशील सुवेदी, सिन्धुपाल्चोक

फोटो नेपालद्धार प्रकाशित पुस्तक ‘जनप्रतिनिधि बागमती प्रदेश’ सार्वजनिक भएको छ । आईतबार बागमती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेलले पुस्तकको बिमोचन गर्नुभयो । एक हजार ६६८ पृष्ठको पुस्तकमा एक हजार ५५६ जना जनप्रतिनिधिको बिबरण समावेश रहेको फोटो नेपालले जनाएको छ । पुस्तक बिमोचन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सबै क्षेत्रलाई आवश्यक सूचना एकै पुस्तकवाट प्राप्त हुने बिवरणको पुस्तक समयको अवश्यकता भएको बताउनुभयो । निर्वाचित प्रतिनिधिको ऐतिहाँसिक दस्तावेज सवैकालागि महत्वपूर्ण सूचना स्रोत हुने बिश्वास ब्यक्त गर्नुभयो । आम नागरिकलाइ आवश्यक सूचना प्रदान गर्न सक्ने पुस्तक सवै स्थानिय तहको हरेक टेबलमा आवश्यक रहेको बताउनुभयो ।
कोरोना संक्रमण जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै पुस्तक बिमोचन जुम बाट गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । एक वर्ष भन्दा बढी समयको प्रयत्नवाट बागमती प्रदेसका सवै जनप्रतिनिधिको बिवरण सहितको पुस्तक प्रकाशन गरिएको सामेत उहाँले जानकारी दिनुभयो ।

पुस्तकमा राष्टिय सभा, प्रतिनिधि सभा र प्रदेस सभाका सदस्यहरु, जिल्ला समन्वय समिति, स्थानिय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष र वडा सदस्य समेतको आफ्नो पृष्ठभूमि र योजना सहितको ब्यक्तिगत बिवरण समावेस रहेको पुस्तक प्रकाशन परियोजना संयोजक बिदुर आचार्यले जानकारी दिनुभयो ।

पुस्तकमा समावेश गरिएका बिवरण मकवानपुरबाट शिवकुमार काशी, चितवनबाट शालिग्राम नेपाल, सिन्धुलीबाट कृष्जला पुलामी, रामेछापबाट नवराज श्रेष्ठ, दोलखाबाट नवीनकुमार खतिवडा, सिन्धुपाल्चोकबाट यज्ञ दंगाल, काभ्रेपलाञ्चोकबाट सन्तोष चौलागाई, काठमाण्डौबाट जयसिह महरा र जमुना धमला, ललितपुरबाट शिवहरी घिमिरे, धादिङबाट महेश्वर सुबेदी, रसुवाबाट अनु आचार्य र गीता न्यौपाने, नुवाकोटबाट रामहरी न्यौपालेले संकलन गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्