पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ६३७ संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा देशभर कोरोना भाइरसका एक हजार १७२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १७२ जना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा १८९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल४९ हजार ९५४ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२  प्रतिशत पुगेकाे छ । हाल १७ हजार ४१४ जनामा सङ्क्रमण सक्रिय  छ । आइसोलेसनमा कुल १७ हजार ४१४ पुगेको छ । क्वारेन्टिनमा सात हजार १०४ जना छन् ।

७ जनाकाे मृत्यु

पछिल्लो २४  घण्टामा ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४३६ पुगेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्