भदौ महिनाको उत्कृष्ट प्रहरी पुरस्कार मेलम्चीका प्रहरी प्रमुख तामाङ लाई

सुशील सुवेदी, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक प्रहरिले भदौ महिनाको उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङलाई सिन्धुपाल्चोक प्रहरिले आज एक कार्याक्रम बिच प्रमाणपत्र र नगद सहित सम्मान गरेको हो ।
२०४४ सालमा चोरी मुद्धामा १ महिना १५ दिन कैद सजाय र रु ६० हजार ८ सय ८७ जरिवाना तोकिएका फरार प्रतिवादि पक्राउ , २०६९ सालमा जबरजस्ति करणि मुद्धामा कैद सजाए तोकिएका फरार प्रतिवादी पक्राउ ,विभिन्न चोरी मुद्धामा संलग्न हरुलाइ छिट्टै कानुनि दायरामा ल्याउन सफल भएको लगायत अन्य महत्वपुर्ण कार्यगरि प्रहरी संगठन र समाजमा अतुलनिय योगदान गरेको भन्दै थप हौषला मिलोस् भनि आज जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख राजन अधिकारीले तामाङलाइ नगद सहित प्रमाणपत्रले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
तामाङ २०७६ पुष २ गतेबाट इलाका प्रहरी कार्यालय मेलम्चीको कार्यालय प्रमुखको रुपमा काम गर्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्