कञ्चनपुरको शुक्लाफाँटामा फर्जी बिद्यालय सरूवा तथा बेचबिखनको छानबिन तथा कारबाहीको लागि अख्तियारमा निवेदन

उपहार संवाददाता

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० तथा साविक झलारी गाविसमा सञ्चालनमा रहेको देखाई फारवेष्ट इन्टरनेशनल नामको निज विद्यालय समेतलाई सम्पूर्ण कागजातहरू तयार गरि मिति २०७७ पुस महिनामा (फारवेष्ट इन्टरनेशनल) कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका शिक्षा शाखामा शाखा प्रमुखको जिम्मेवारीमा कार्यकारी अधिकृत छैटौं तहको स्तरको कर्मचारी टिकेन्द्र प्रसाद भट्टले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको समेत अनुपस्थित रहेको अवस्थामा निज स्वयम् निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेको बेला उक्त खप्तड शिक्षा सदन नामक फर्जी विद्यालयलाई नगर प्रमुख दिल बहादुर एेर समेतको मिलेमतोमा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ मा र फारवेष्ट ईन्टरनेशनल स्कुललाई पुनर्वास नगरपालिका-१० मा सरूवा सहमति दिन नगर प्रमुख स्तरीय निर्णयको नाममा गैर कानुनी तरिकाले व्यापक आर्थिक चलखेल गरि सञ्चालनमा नै नरहेको फर्जी विद्यालयलाई सञ्चालनमा रहेको देखाएर सरूवा गरिएको भेटिएको छ ।
यसको विरोधपछि भाद्र ५ गतेको ७९ अौँ कार्यपालिका बैठकबाट ५ सदस्यीय छानवीन समिति गठन गरेको र सात दिन भित्र उक्त समितिले निज नगर प्रमुख ऐर र शिक्षा शाखा प्रमुख भट्टलाई उन्मुक्ति दिने निर्णय गरेको र उक्त फर्जी विद्यालय स्थापना र सरूवा तथा बेचबिखनमा तत्कालीन जिल्ला शिक्षा अधिकारी लगायत निरीक्षण प्रतिवेदनमा संलग्न कर्मचारी र प्राविधिकहरूको समेत मिलेमतो रहेकोले उक्त गैर कानुनी कार्यमा संलग्न पदाधिकारी र कर्मचारीहरूलाई सत्य तथ्य र निश्पक्ष छानवीन गरि हदैसम्मको कारवाहिका लागि उक्त फर्जी विद्यालय स्थापना र सरूवा तथा छानबिन गरि हदैसम्मको कारबाहीको लागि उक्त विद्यालय स्थापना र सरूवा तथा छानबिन समिति र कार्यपालिले उन्मुक्ति दिने निर्णय लगायत कसुरसँग सम्बन्धि कागजात पाना ४१ समेत संलग्न राखि आवश्यक कारवाहिको लागि शिक्षा क्षेत्रमा बेथिति पीडित कञ्चनपुरबासी नागरिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालयलाई अनुरोध गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्