त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनमा कक्षा ११ र १२ निःशुल्क पढाईने

सुशील सुवेदी, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा कक्षा ११ र १२ निःशुल्क पढाइने भएको छ । गाउँपालिकाको वडा नं ३ धुस्कुनमा रहेको श्री महेन्द्र प्रताप माध्यामिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क पढाउने भएको हो । सरकारले प्रत्येक बालबालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क पाउने भनेर घोषणा गरेको भए पनि हालसम्म कुनै पनि विद्यालयमा त्यस्तो व्यवस्थाका छैन।

एस.ई.ई. पछि आफुले इच्छाएको बिषय अध्ययन गर्न महँगो खर्चमा आफ्नो गाउँ छोडेर शहर बजार जाने बिद्यार्थीहरुलाई आफ्नै गाउँमा निशुल्क शिक्षा पाउने वातावरण सिर्जना भएपछि घट्दै गएको बिद्यार्थी संख्यालाई पनि बचाउन सकिने र विद्यार्थी तथा अभिभाबकहरुलाई पनि अर्थिक भार नहुने हेतुले उक्त अभियान सुरु गरिएको वडाध्याक्ष सुकदेव रिसालले बताउनुभयो । रिसालको यो अभियानमा विद्यालयले भर्ना कार्यक्रम सुरु गरिसकेको छ भने उक्त अभियनलाई सहजताका साथ अघि बढाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम न्यौपाने र प्रध्यानाध्यापक सुरज भट्टराई पनि लागिपरेका छन् । “ यो अभियान सम्भवत जिल्लामा मात्र नभएर नेपालमै पहिलो हुनुपर्छ । ’’ वडाध्यक्ष रिसाल भन्छन् “ कक्षा १० सम्मको अध्ययन पश्चात कयाँ बालबालिकाहरुले आर्थिक समस्याका कारण विद्यालय छाडेका तथ्यांक हेर्न सकिन्छ।

रिसालको यो अभियानमा विद्यालयले भर्ना कार्यक्रम शुरु गरिसकेको छ भने उक्त अभियानलाई सहजताका साथ अघि बढाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम न्यौपाने र प्रध्यानाध्यापक सुरज भट्टराई पनि लागिपर्नुभएको छ ।

धुस्कुनमा कक्षा ११ र १२ निशुल्क पढाईने

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्