मेलम्ची न.पा.मा कार्यरत केही कर्मचारीहरुको विषयमा मिडियाहरुमा आएको समाचारप्रति न.पा.को ध्यानाकर्षण

सुशील सुवेदी, सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका र कार्यालयमा कार्यरत कर्मचारीहरु राती अबेरसम्म कार्यालयमा बसेको भन्दै केही तस्बिर र भिडियो सामाजिक संजालमा आएको कुराप्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ ।

२६ गते शुक्रबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले रातसाँझ खटिएर काम गर्ने कर्मचारीको विषयमा यथार्थ नबुझी समाचार सम्प्रेषण हुँदा कर्मचारीको मनोबल घट्ने र कार्यसम्पादनमा नकारात्मक असर पर्ने हुँदा विषयवस्तुको यथार्थता बुझेर मात्र प्रतिक्रिया जनाउन सबैमा अनुरोध पनि गरेको छ ।

साथै कार्यालयबाट यथार्थता बुझ्ने प्रक्रिया सुरु भएको र कर्मचारीबाट कुनै गल्ती भएको ठहरिएमा कारवाही गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।

विस्तृतमा:

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्