गजल: बसाइँ सर्नुपर्ने भा छ

सेवक आचार्य

म नि अब बसाइँ सर्नु पर्ने भाछ ।
सङ्घर्ष नै हो केहि गर्नु पर्ने भाछ ।

गल्ति हुँदा सच्याउने तिमी थियौ र पो
म नि अब आफ्नै भर पर्नु पर्ने भाछ ।
सङ्घर्ष नै हो केहि गर्नु पर्ने भाछ ।

आफु हारि तिमिलाई जिताइदिन्थे मैले
जे गर्यौ ठिकै गर्यौ भन्नुपर्ने भाछ।
म नि अब बसाइँ सर्नुपर्ने भाछ।।२।।

हाँसि खुशी रमाइलो थियो पैले पैले
आँखा चिम्ले पिच्छे थोपा गन्नुपर्ने भाछ।
म नि अब बसाई सर्नु पर्ने भाछ ।।२।।

सङ्घर्ष नै हो केही गर्नु पर्ने भा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्