गजल : “केही गर्न सकिएन”

नबराज प्रसाद आचार्य

रङ्गमञ्चमा नाङ्गो नाच छ गर्न केही सकिएन
घरमुली कै लामो हात छ गर्न केही सकिएन ।

कुरुप भयो वैशाख हाम्रो लाचार भयौँ हामी पनि
आँखै अघि आर्तनाद छ गर्न केही सकिएन ।

मैले मेरा परेवालाई कहिलेसम्म जोगाऊँला
छिमेकीले पाल्या बाज छ गर्न केही सकिएन ।

श्रद्धाञ्जलि दिन पनि लायक ठान्न छोडेको छु
बोक्नुपर्ने आफ्नै लास छ गर्न केही सकिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्