कोरोना संक्रमित फेला परेपछि शुक्लाफाँटा नगरपालिकाको वडा न. ८ सिल

मुकेशप्रसाद जोशी, कंचनपुर

कंचनपुर- कंचनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा न. ८ का स्थानीयमा कोरोना संक्रमण देखिएसँगै उच्च सतर्कता अपनाइएको छ ।

वडा क्षेत्रमा जोखिम बढेको भन्दै संक्रमण फैलन नदिन वडा समितिको आकस्मिक रुपमा बैठक बसेको थियो ।

बैठकले वडा भित्र रहेका सम्पुर्ण सरकारी तथा गैरसरकारी संघसंस्थाका कार्यालयहरूमा अत्यावश्यक बाहेकका सम्पुर्ण कामकारबाही एक साताका लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्