वामदेव गौतमको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियो यूट्यूवबाट रिलिज

पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ ।

राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका छन् ।

गौतमले रचना गरेका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । यसमा सार्वजनिक भएका र हुन बाँकी उनका रचनाहरु संग्रहित छन् । प्राय गीतहरु राष्ट्रियताले ओतप्रोत छन् । त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्