कोरोना भाइरसबाट थप १२ जनाको मृत्यु, अहिलेसम्म कूल संक्रमितको ०.५३ प्रतिशतको ज्यान गयो

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट थप १२ जनाको मृत्यु भएको छ ।

नियमित प्रेस ब्रिफिङमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा अहिलेसम्म कूल संक्रमितको ०.५३ प्रतिशतको ज्यान गएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

बितेको २४ घण्टामा मोरङमा २ तथा भक्तपुर र मकवानपुरमा एक-एक जना गरी ४ महिलाको मृत्यु भएको छ । यसैगरी, उदयपुर, पर्सा धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एक एक-जना पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्