संस्थागत विद्यालय संगठन कंचनपुरद्वारा महाकाली नगरपालिकामा नगर कमिटी गठन

कंचनपुर – संस्थागत विद्यालय संगठन, कंचनपुरद्वारा महाकाली नगरपालिकामा नगर कमिटी गठन गरिएको छ ।

शिक्षकहरुको हक, अधिकार सुनिश्चित गर्न लागिपरेको यो संगठनले आज बैशाख ११ गते कंचनपुरको महाकाली नगरपालिकामा नगर कमिटी गठन गरेको हो । नगर कमिटीको अध्यक्षमा पवन बडु, उपाध्यक्षमा लक्ष्मण कलौनी, सचिवमा गंगादत्त जोशी र सहसचिवमा विनोदराम औजी निर्विरोध चयन भएका छ्न् ।

यस्तै कोषाध्यक्षमा सरोज भट्ट तथा सदस्यहरुमा तिलक भट्ट र राम सिंह विष्ट पनि निर्विरोध चयन भएका छ्न् । संस्थागत विद्यालय शिक्षक संगठन कंचनपुरका अध्यक्ष धनञ्जय जोशीको प्रमुख उपस्थितिमा नगर कमिटी गठन गरिएको थियो ।

अहिले कोरोना कहरको बेला लकडाउननमा शिक्षकहरुले तलब नपाएको, पाए पनि पूरा नपाएको वा नदिएको अवस्था छ । यस अवस्थामा संगठनले शिक्षण पेसामा आवद्ध कर्मचारीहरुको शोषण र दमन विरुद्ध आवाज उठाइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्