इन्द्रावती गाउँपालिकाको कोभिड १९ नियन्त्रण तथा ब्यबस्थापन समितिको सातौं बैठक सम्पन्न

सुशील सुवेदी, सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिकाको कोभिड १९ नियन्त्रण तथा ब्यबस्थापन समितिको सातौं बैठक आज सम्पन्न भएको छ । आज बसेको बैठकले जिल्ला प्रशासन कार्यालय द्धारा निर्देशन भए अनुसारको जारी लकडाउनलाइ कार्यान्वयन गर्ने सहमति भएको छ ।

त्यस्तै इन्द्रावती गाउँपालिका भित्र रहेका अति आवश्यक सामाग्रि विक्रि वितरणका लागि बिहान ५ बजे देखि बिहान १० बजे सम्म मात्र पसल खोल्न दिइने निर्णय भएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो । जुन वडामा कोभिड १९को सक्रमण देखिन्छ सो वडामा मात्र सट डाउन तथा निषेध आज्ञा लागु गर्ने निर्णय समेत आजको बैठक बाट भएको छ ।

गाउँपालिकाबाट अति आवश्यक परेमा मात्र अन्य सक्राण फैलिएको स्थानमा जान पाइने तथा बाहिरि मुलुक वा सक्रमित स्थानबाट आएका हरुलाइ अनिवार्य रुपमा होम क्वारेनटाइनमा बस्ने ब्यबस्था मिलाउने गाउँपालिकाले जनाएको छ । कोरोना भाइरस कोभिड १९ फैलिन नदिनका लागि जनप्रतिनिधि , राजनितिक दलका प्रतिनिधि, संधसास्थाका प्रतिनिध, शिक्षक लगाएत अन्य स्थानीय क्लवहरुलाइ सचेतनाका लागि परिचालन गर्ने निर्णय गरेको सचेतनाका लागि परिचालन गर्ने निर्णय गरेको छ ।

साथै यस अघिका निर्णयहरुलाइ कार्यान्वयन गर्दै अझै ब्यबस्थित कार्यान्वयनको लागि सबैलाइ गाउँपालिकाले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्