लिदी पहिरामा पुरिएका ३२ को शव फेला, ७ अझै वेपत्ता

सुशील सुवेदी, सिन्धुपाल्चोक

९ दिन अघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप दुइको शव फेला परेको छ ।

आज एक महिला एक बालीकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । आज ३५ वर्षियि सानुकान्छि दोङ र४ वषिय करीश्मा दोङको शव फेला परेको काफ्लेले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।

यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । ७ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १६महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् ।

पहिरोमा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्