बैतडीमा युवाहरुको पहलमा गाउँमा बाटो निर्माण तथा मर्मत

नरेश जोशी, बैतडी

बैतडीमा युवाहरुको पहलमा गाउँमा बाटो निर्माण तथा मर्मत भएको छ । लगातार परेको अविरल वर्षाका कारण भत्किएको बाटो स्थानियको अग्रसरतामा मर्मत गरिएको हो ।

बैतडीको दशरथचन्द नगरपालिका– ९ स्थित रहेको प्रशिद्ध गैरिचाडी मन्दिरसम्म जाने बाटो लगातारको वर्षाका कारण भत्किएपछि ग्वाल्लेक प्रवासी युवा समाजको आर्थिक सहयोग तथा चार सय बढि स्थानियहरुको पहलमा मर्मत गरिएको हो । ग्वाल्लेक प्रवासी युवा समाज तथा नगार्जुन प्रहरि चौकि बग्लेखानकोे आर्थिक सहयोग र स्थानियहरुको पहलमा उक्त भत्किएको बाटो ढुङगाले सोलिङग गरि मर्मत तथा निर्माण गरिएको स्थानिय चन्द्रदेव जोशीले बताउनुभयो ।

सामान्य पानी पर्दा समेत हिड्नै नसकिने र बाहिरबाट आउने भक्तजनलाई समेत अफ्ठेरो परेका कारण राज्यलाई कुरेर बस्नु भन्दा आफै केही गरेर देखाउँने उदेश्यका साथ बाटो निर्माण कार्य थालिएको जोशी ले बताउनुभयो । बिश्व नै कोरोना भाइरस कोभिक १९ ले त्रसित भएका बेला ग्वाल्लेक का युवा भने यो सराहनिय काममा जुटेका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्