सिरहामा एक युवकको बेवारिसे लाश फेला

सांकेतिक तस्बिर

सिरहा –  सिरहा नगरपालिका–१५ सुखचैना बुधौरास्थित बासघारीमा मृत अवस्थामा एक युवकको लाश फेला परेको छ । मिर्चैया नगरपालिका–९ रमपुरा बस्ने कृतिलाल महतोको २४ वर्षिय उमेश कुमार महतोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताए ।

गाउँकै विजय कुमार यादवसँगै उमेश घरबाट काम विषेश भन्दै बाहिर तिनदिन अगाडि निस्केको थियो । विजयले उमेशसँग सापटी भन्दै केही रकम लिएको र सोही रकम फिर्ता गर्छु भन्दै पैसाकै बन्दोवस्तीमा जानुपर्ने भन्दै विजयले उमेशलाई घरबाट लगिएको मृतकको आफन्तले जानाए । दुई तीन दिन अघि उमेशलाई कुटपिट गर्दै हत्या गरी घाँसघारीमा फाल्दा गन्हाउदै गएको अवस्थामा शव फेला परेको घटनास्थलका प्रत्यक्षदर्शीहरुको भनाई छ । विजय र उमेश पछिल्ला केही समय देखि लागुऔषध समेत प्रयोग गर्दै आएका थिए ।

मृतक संगै निस्केको विजय फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।शवलाई सिरहा जिल्ला अस्पतालमा पोष्ट मार्ट्म पश्चात आफन्तलाई जिम्मा लगाउने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्