कहाँ कति थपिए संक्रमित ?

काठमाडौं – नेपालमा हालसम्मकै धेरै जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २०५ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना छन् ।

यस्तै पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१/२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६/१६ जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३/३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २/२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्