पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् ।

जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५  र भक्तपुरमा १४  जनामा संक्रमण देखिएको हो यो सँगै पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्