फोनमा कुरा गर्दागर्दै घरको छतबाट खसेर युवकको मृत्यु

बुटवल – रुपन्देहीमा घरको छतबाट खसेर १ जनाको मृत्यु भएको छ ।। मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षीय विकास जैसवाल रहेका छन् । आफ्नो घरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खस्दा घाइते भएका जैसवालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका जैसवाललाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको छ ।

 

रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्