कोरोना भ्याक्सिनका लागि चीनको सिनोवेक सबैभन्दा महत्वपूर्ण चरणमा

चीनको सिनोवेक बायोटक लिमिटेडले मंगलबार कोभिड–१९ भ्याक्सिनका लागि ह्यूमन ट्रायलको अन्तिम चरणको सुरुवात गरेको छ । यो भ्याक्सिनको ट्रायल इन्डोनेशियामा १६ सय २० बिरामीमाथि गरिँदै छ ।

यो भ्याक्सिन इन्डोनेशियाको सरकारी कम्पनी बायो फर्मासँग मिलेर बनाइँदैछ ।

यसअघि सोमबार सिनोवेकले ट्रायलको दोस्रो चरणमा भ्याक्सिन सुरक्षित पाइएको र बिरामीमा एन्टीबडी आधारित इम्युन रेस्पोन्स पाइएको जानकारी दिएका छन् । कोरोनाव्याक नामको यो भ्याक्सिन ती सिमित भ्याक्सिनमध्ये एक हो जो परीक्षणको यो चरणसम्म पुगेको छ । यसको अध्ययन गरेर यसको असरको विषयमा प्रमाण जुटाइँदैछ ।

कोरोनावेकको अन्तिम स्तरको परीक्षण पहिलादेखि नै ब्राजिलमा चलिरहेको छ र सिनोवेकलाई आशा छ कि यसको परीक्षण बंगलादेशमा पनि गरिनेछ । सिनोवेकको इन्डोनेशिया ट्रायल यस्तो समयमा भइरहेको छ जब दक्षिणपूर्व एशियाको सबैभन्दा घना जनसंख्या भएको देश कोरोनाभाइरसको बढ्दो संक्रमणसँग जुधिरहेको छ । मंगलबारसम्म यहाँ एक लाख २७ हजारभन्दा बढी संक्रमित पाइएका थिए । यो ट्रायलका लागि हाल १२ सय १५ व्यक्तिलाई छानिएको छ र यो ६ महिनासम्म चल्नेछ ।

इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले भने, ‘जबसम्म सबै मानिसहरुलाई भ्याक्सिन दिइँदैन तबसम्म कोभिड–१९ को खतरा रोकिँदैन ।’ वेस्ट जावाको बुंडुंगमा ट्रायलको सुरुवातका बेला उनले भने, ‘आशा छ कि जनवरीमा हामी भ्याक्सिन बनाउन सक्नेछौं र देशका सबै जनतालाई पनि दिन सक्नेछौं ।’ बायो फार्मा र सिनोवेकबाहेक इन्डोनेशियाको निजी कम्पनी काल्बे फार्मा र दक्षिण कोरियाको जेनेक्साइनसँग मिलेर अर्को छुट्टै भ्याक्सिन बनाइरहेको छ । दुबै कम्पनीले कति डोज भ्याक्सिन बनाउनेछन् भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी छैन ।

सिनोवेकको मिड स्टेज वा दोस्रो स्टेज ट्रायलमा ६ सय व्यक्तिलाई यो भ्याक्सिन दिइएको छ । ट्रायलमा दोस्रो भ्याक्सिन एस्ट्राजेनेकाको तुलनामा यो भ्याक्सिन बिरामीको ज्वरो कम गर्न सफल देखियो । दुबै भ्याक्सिनको रिभ्यू गरिँदैछ । मिड स्टेज ट्रायलमा भ्याक्सिनको सुरक्षा र क्षमताबारे अनुसन्धान गरिन्छ र यसले प्रतिरोधीका लागि कसरी काम गरिरहेको छ भनेर पनि परीक्षण गरिन्छ । यहाँबाट पास भएपछि अन्तिम चरणमा धेरै मानिसहरुलाई यो भ्याक्सिन दिइन्छ ।

स्रोतः बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्