“लोकप्रीय पत्रकार रबी लामिछानेसमक्ष दार्चुलाको कोशेली”

रबी लामिछाने नेपाली पत्रकारिता क्षेत्रका एक नक्षत्र हुन् । उनी नेपाली पत्रकारिता जगतमा लोकप्रियताको चरमचुलीमा छन्। सिधाकुरा जनतासंग कार्यक्रम मार्फत चिनिएका लामिछाने एक चर्चित पत्रकार मात्रै नभएर मानवतावादी सोच भएका महान व्यक्तित्व हुन्। लामिछाने ज्युले विदेशी भूमीमा अलपत्र परेका हजारौं नेपालीहरू लाई नेपाल सम्म ल्याएर पिडामा परेकाहरूलाई ठूलो गुन लगाउनु भएको छ। अन्याय र अत्याचारमा परेकाहरूलाई न्याय दिएर उनले महान काम गरेका छन्। भ्रष्टाचारको बिरूद्धमा र शुसासन को पक्षमा उनी नियमित बोलिरहेका हुन्छन्। नेपाल र नेपाली को बिरूद्ध काम गर्नेलाई कार्यक्रममै बोलाएर उनी दरो झापड दिन्छन्।

उनले सञ्चालन गर्दै आएको सिधाकुरा जनता संग कार्यक्रम नेपाल मै अत्यधिक रूचाइएको कार्यक्रम हो।सिधाकुरा जनता संग कार्यक्रम का दर्शक अत्यन्तै धेरै छन् । अब त नेपाली जनताहरूमा न्याय नपाए सिधाकुरा जनता संग कार्यक्रम मा जानुपर्छ भन्ने मानसिकता वृद्धि भएको छ।रबी लामिछाने प्रति लगाव नेपाली जनतामा धेरै नै बढेको छ। उनि एक पत्रकारिता क्षेत्रमा मात्रै आबद्ध नभएर सामाजिक काममा पनि सक्रिय छन्।जस्तो उनले विभिन्न दुर्गम स्थानमा अस्पताल निर्माण गरेर सरकार लाई चुनौती पनि दिइरहेका छन्।

सायद उनलाई नेपाली जनताले नेपालका सम्माननीय प्रधानमंत्री केपी शर्मा वली ज्यु भन्दा पनि बढी मनपराउंछन्।उनी नेपालको इतिहासमा स्वर्गीय जननेता मदन भण्डारी पछिका लोकप्रिय व्यक्तित्व हुन्। सांच्चिकै रबी लामिछाने नेपाल आमाका महान सपुत हुन्। उनी अत्यन्तै सुन्दरताले भरिपूर्ण शुदूरपश्चिम प्रदेशको अति नै सुन्दर र सम्भावना नै सम्भावना बोकेको तर भौगोलिक विकटता अनि राजनीतिक पंहुच को अभावमा विकासमा पछाडि परेको दार्चुला जिल्ला पुगेका छन्।

लोकप्रिय पत्रकार तथा समाजवादी महान व्यक्तित्व रबी लामिछाने ज्युलाई दार्चुलाबासीको तर्फबाट हार्दिक हार्दिक स्वागत तथा उच्च सम्मान का साथ नमन् प्रकट गर्दछु । नेपाली पत्रकारिता जगत का एक धरोहर रबी लामिछाने ज्युलाई दार्चुलाबासी जनता को तर्फबाट दार्चुला लाई काठमाडौं सम्म र नेपाल अधिराज्य सम्म चिनाउन केही महत्वपुर्ण कोशेली प्रस्तुत गर्दछु। लोकप्रिय पत्रकार रबी लामिछाने सामु दार्चुला जिल्ला का महत्वपूर्ण कोशेली निम्न प्रकार छन्। दार्चुला आफैमा एउटा पर्यटकीय तथा धार्मिक दृष्टिकोण ले धनी जिल्ला हो।कोशेलीहरू क्रमबद्ध तरिकाले प्रस्तुत गर्दछु।

(१) नेपाल अधिराज्यकै सातौं धार्मिक स्थल मालिकार्जुन धाम दार्चुलामै पर्दछ।रबी लामिछाने ज्युले सिधाकुरा जनता संग कार्यक्रम मार्फत मालिकार्जुन धामको धार्मिक तथा ऐतिहासिक महत्व प्रस्तुत गरेर नेपाली जनता सामु मालिकार्जुन धाम को बारेमा जानकारी प्रदान गरिदिदा दार्चुलाबासी बहुतै आभारी हुने थिए।

(२) शुदूरपश्चिम प्रदेश कै सबैभन्दा ठूलो अपी हिमाल दार्चुला जिल्ला मै पर्दछ।उक्त हिमालबाट बार्षिकरूपमा अर्बौका यार्सागुम्बा उत्पादन हुन्छन्। स्थानीय यार्सागुम्बा सङ्कलकहरू आर्थिक अभाव मा केही अर्थोपार्जन का निम्ति जिन्दगी लाई मृत्यु संग जोखिम मोलेर भीरबाट यार्सागुम्बा सङ्कलन गर्छन।यार्सागुम्बा को उचित मूल्य बिना व्यापारी लाई बेच्न बाध्य हुन्छन्। यदि यार्सागुम्बा सङ्कलकहरू ले उचित बजार पायो भने आर्थिक दृष्टिकोण बाट दार्चुला धेरै अगाडि बढ्न सक्थ्यो।पर्यटकीय दृष्टिकोण ले पनि अपी हिमाल महत्वपुर्ण छ।सिधाकुरा जनता संग कार्यक्रम मार्फत घुम्नै पर्ने पर्यटकीय अपी हिमाल र महत्वपुर्ण जडिबुटी यार्सागुम्बा को बारेमा प्रस्तुत गरेर नेपाली जनता लाई जानकारी प्रदान गरिदिदा दार्चुला बासी लोकप्रिय पत्रकार प्रति खुसी हुने थिए।

(३) जलस्रोतले धनी जिल्ला दार्चुलामा अन्गिन्ति नदिनालाहरू छन्।नेपाल कै ठूलो नदी महाकाली को उदगम स्थल दार्चुला मै पर्दछ।चौलानी नदी पनि दार्चुला मै पर्दछ।यावत अन्य नौगाड लगायत थुप्रै नदीहरू दार्चुलामा छन्।यि नदीहरूबाट विद्युत उत्पादन गर्यो भने मुलुक आफै समृद्धि तिर लाग्छ। सिधाकुरा कुरा जनता संग कार्यक्रम मार्फत जलस्रोतले सम्पन्न तर सरकारको ध्यान केन्द्रित नहुदा बगिरहेको धन शीर्षक दिएर नेपाली जनता लाई प्रस्तुत गर्दा दार्चुलाबासी जनता को मन बहुतै खुसी हुने थियो।

(४) दार्चुला त्रिदेशीय सीमाना जोडिएको नेपाल मा छुट्टै अस्तित्व राख्न सफल जिल्ला हो।नेपालका प्रमुख चार भञ्जयाङ मध्ये एक टिङ्कर भञ्जयाङ दार्चुला मै पर्दछ ।प्राचीन इतिहास मा टिङ्कर भञ्जयाङ हुदै चीनको ताक्लाकोट सम्म दार्चुला र चीनका व्यापारीहरू आवत-जावत गर्दथ्ये।मुलुक लाई अत्यन्तै दुःखी रहेका नेपालका अभिन्न अंग कालापानी,लिपुलेक र लिम्पियाधुरा दार्चुला जिल्ला मै पर्दछन् ।नेपाल सरकार ले कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाली नक्सामा मात्रै समेटेको छ तर भूमि पुर्ण रूपमा भारतको कब्जामा छ।नेपाल सरकार ले कालापानी ,लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरू को मनोबल उच्च बनाउने कुनै कार्यक्रम नै लागु गरेको छैन।जमिन भन्दा पहिले त्यहां का नेपाली हरू लाई नेपाल सरकार ले आफ्नो पक्षमा आर्कषण गर्न सक्नुपर्छ।सिधाकुरा जनता संग कार्यक्रम मार्फत कालापानी,लिपुलेक र लिम्पियाधुरा मात्रै सरकार को प्राथमिकता मा त्यहां का नेपाली को पिडा सरकार लाई मतलबहीन शीर्षक दिएर नेपाली जनता र नेपाल सरकालाई सुसुचित गर्दा दार्चुला बहुत आभारी हुने थियो।यावत थुप्रै कोशेली लेख्ने मन थियो तर लोकप्रिय कार्यक्रम सिधा कुरा जनता संग मा स्थान पुग्दैन।तसर्थ मैले लोकप्रिय पत्रकार रबी लामिछाने सामु दार्चुला जिल्ला का महत्वपूर्ण कोशेली प्रस्तुत गरे।यि कोशेलीहरू मा लोकप्रिय पत्रकार रबी लामिछाने ज्यु को ध्यान केन्द्रित होस्। सिधाकुरा जनता संग कार्यक्रममा दार्चुला का या कोशेलीहरू बजुन्।मालिकार्जुन स्वामी ले लोकप्रिय पत्रकार रबी लामिछाने ज्यु को दार्चुला भ्रमण सफल पार्दै दार्चुलाको संदेश काठमाडौं सम्म पुगोस् ।

दार्चुला जिल्ला को ऐतिहासिक भ्रमण गर्नुभएकोमा चर्चित लोकप्रिय पत्रकार रबी लामिछाने ज्यु लाई हृदय बाट नै धेरै धन्यवादका साथ नमन् प्रकट गर्दछु। इतिहास का पानामा लोकप्रिय पत्रकार रबी लामिछाने ज्यु को दार्चुला भ्रमण अविस्मरणीय रूपमा रहिरहोस्।दार्चुलाबासी जनता को मनमुटुमा सदाका निम्ति रबी लामिछाने ज्यु अमर रहुन्।सांच्चिकै रबी लामिछाने ज्यु दार्चुला पुगेको फल दार्चुलाबासी जनता ले चाख्न पाउंन् ।सदाका निम्ति लोकप्रिय पत्रकार रबी लामिछाने ज्यु लाई दार्चुलाबासी जनता को उच्च सम्मान रहिरहनेछ। आगामी दिनमा पनि लोकप्रिय पत्रकार रबी लामिछाने ज्यु को लोकप्रियता निरन्तर समयगति अनुसार चरमचुली मा फड्को मार्दै जाओस् ।पत्रकारिता जगत लाई निरन्तर रूपमा अगाडि बढाउंदै सामाजिक सेवामा निरन्तर रूपमा लागिरहनु दार्चुला को अग्रिम शुभकामना छ ।नेपाल र नेपाली जनताको भाग्य र भबिष्यका निम्ति अनवरत नथाकिकन लडिरहनु ,भ्रष्टाचार,अन्याय र अत्याचार का बिरूद्ध आवाज बुलन्द गरिरहनु ,सिधाकुरा जनता संग कार्यक्रम मुलुक कै सर्वश्रेष्ठ कार्यक्रम को रूपमा नाम कमाउदै अगाडि बढिरहोस् ,सदाका निम्ति रबी लामिछाने को लोकप्रियता चरमचुली मै देख्न पाइयोस् फेरी पनि रबी लामिछाने ज्युलाई अन्गिन्ति शुभकामना छ।

लेखक : बिष्णु सिंह बोहरा

ठेगाना:शैल्यशिखर नगरपालिका वडा नं ४ रानीशिखर कांडापारी दार्चुला

हाल :कीर्तिपुर नगरपालिका काठमाडौं

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्