बाराको महागढीमाईमा जग्गाको विषयमा झडप हुँदा आधा दर्जनबढी व्यक्ती घाइते

मुकुशे कुसवाहा

बाराको महागढीमाई नगरपालिकमा जग्गाको विषयमा झडप हुँदा आधा दर्जन भन्दा बढी व्यक्ती घाइते भएका छन् । महागढीमाई नगरपालिकाको वडा नं. २ बरियारपुरमा एक धुर जग्गाको विषयमा भएको विवादले उग्र रुप लिएपछि दुई समूह बिच झडप भएको प्रहरीले जनाएको छ ।

महागढीमाई नगरपालिकाको वडा नं. २ निवासी राधेकिशुन राउत बरईले घर बनाउनको लागि जग खन्न सुरु गरेकोमा सोही स्थान बस्ने रघुनाथ बरईले जग्गा मिचिएको भन्दै निर्माण कार्य रोकेपछि विवाद सुरु भएको थियो । भडपमा राधेकिशुन बरई तर्फ बनोद चौरसिया, लालबाबु चौरसिया, उमेश चौरसिया, अजुर्ण चौरसिया, सियाराम कुशवाहा, हरिन्द्र कुशवाहा लगातका घाइते भएको हाम्रा सहकर्मीले जनाएका छन् ।

त्यसै गरी आर्का पक्षका ब्रह्मदेव चौरसिया,रघुनाथ चौरसिया, जगरनाथ चौरसिया,रामदेव चैरसिया लगयातका गाइते भएका छन् । झडपमा परी केही व्यक्ति गम्भीर घाइते समेत भएको स्थानियले बताएका छन् । महागढीमाई नगरपालिका वडा नं. २ बरियारपुरको अवस्था अहिले पनि तनावग्रस्त रहेको छ ।

दुवै तर्फबाट १०० औं को संख्यामा मानिसहरु सामुहिक रुपमा जम्मा भएको स्थानीयहरुले बताए । थप झडपको अवस्था सृजना हुन नदिन सो क्षेत्रमा प्रहरी परिचालन गरिएको तथा स्थिति नियन्त्रणमा रहेको बरियारपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक राजकुमार यादवले बताए । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उचार भइरहेको उनले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्