अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजन कार्यक्रम सम्पन्न

भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजन कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समयअनुसार १२ बजेर ४४ मिनेट जाँदा राममन्दिरको आधारशीला स्थापित गरेका हुन् ।

सो अवसरमा उपस्थित मानिसहरुहरुले ताली बजाएर खुसियाली मनाएका थिए । त्यहाँ उपस्थित साधु सन्तले रामको भजन गाएका थिए ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले यस भूमि पूजन कार्यक्रमको आयोजना गरेको हो । अयोध्या जमीन विवादमा सुप्रीम कोर्टले फैसला दिएपछि केन्द्र सरकारले यो ट्रस्ट बनाएको थियो ।

प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक अयोध्या पुगेका हुन् । २९ वर्षमा प्रधानमन्त्री आयोध्या पुगेको यो पहिलोपटक हो ।

बीबीसी हिन्दी 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्