विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८७ लाख नाघ्यो, ७ लाख भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वभरी कोरोना संक्रमितको संख्या १ करोड ८७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभरी २ लाख ५३ हजार कोरोना संक्रमित थपिएका छन् ।

वल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोडा ८७ लाख ९ हजार १६१ पुगेको छ । यस्तै विश्वभरी मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । तथ्याङ्क अनुसार मृत्यु हुनेको संख्या ७ लाख ४ हजार ३३८ पुगेको छ । विश्वभर सबै भन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ४९ लाख भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । अमेरिका पछि ब्राजिल, भारत र रुस कोरोनाबाट सबै भन्दा बढी प्रभावित मुलुकहरु हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्