सरकारले गरेका कामकारवाहीकाे विराेध गर्दै नेपाल स्वयम सेवक संघद्वारा दार्चुलामा प्रदर्शन

गणेशसिँह धामी, दार्चुला

नेपाल स्वयम सेवक संघले दार्चुलामा प्रदर्शन गरेका छन । देशमा भइरहेको भ्रष्टाचार, कालो बजारी, विदेशीको हस्तक्षेप, नागरिकता बिधेयक र सरकार गरेका गलत कामको विरुद्धमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको पनेबाजमा बिरोध प्रदर्शन गरेका छन ।
कोभिड–१९ तथा कोरोना भाइरसले देश आक्रान्त भइरहेको बेला देशमा रोजगारी सृजना गर्नुका सट्टा भ्रष्टाचार मौलाएको र कालोबजारीको विगविगी रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
लाखौँ नेपाली युवा पिडी रोजगारी गुमाएर तेस्रो मुलुकबाट नेपाल फर्केको सन्दर्भलाई जोडेर रोजगारी सृजना गर्न सरकार मौन रहेकोले सरकारले गरेको हरेक गलत कामको विरुद्धमा प्रदर्शन गरेका हुन ।
वर्तमान समयमा भइरहेको कोरोना परीक्षणमा समेत पिसीआर प्रविधिलाई सुस्त गतिमा अघि बढाएको भन्दै आपत्ती जनाएका छन् ।
स्वयंसेवक संघ दार्चुलाका अध्यक्ष बिक्रम धामी, कोशाध्यक्ष भागरथी धामीको संयोजकत्वमा ६० जना भन्दा बढीको उपस्थिति रहेको थियो भने पनेबाज बजार देखि एक किलोमीटर सम्म बिरोध प्रदर्सन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्