शहीद भीमदत्त पन्तको आज ६८ औं स्मृति दिवस मनाइँदै

मुकेशप्रसाद जाेशी, कञ्चनपुर

शहीद भीमदत्त पन्तको आज ६८ औं स्मृति दिवस मनाइँदैछ । सुदुरपश्चिम का एक मात्र किसान प्रेमी नेता “कित जोत हलो, कि त छोड थलो
यदि हैन भने, अब छैन भलो” भन्ने अभियानका साथ अघि बढेका पन्त धेरै दिन टिक्न पाएनन् ।
गरीब र किसानका पक्षमा संघर्ष गर्दागर्दै तत्कालीन शासकले उनको हत्या गरेको सम्झनामा शनिवार विभिन्न कार्यक्रम गरी कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय महेशदत्त जोशी को उपस्थिति मा विभिन्न रूपका वृक्षारोपण गरेर मनाइएको छ ।
शहीदकै नामबाट भीमदत्त नगरपालिका राखिएको हो । डडेल्धुरामा जन्मिएर शोषकविरुद्ध संघर्ष गर्दागर्दै विक्रम संवत् २०१० साउन १७ गते उनको हत्या भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्