भारतमा एकै दिन ५७ हजार बढीमा कोरोना संक्रमण, कुल संख्या १७ लाख नजिक, ३६ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटर्सको पछिल्लो आँकाडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७०४ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै भारतमा जम्मा संक्रमितको संख्या १७ लाख नजिक पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ७६५ छ । यससँगै मृतकको संख्या ३६ हजार ५५१ पुगेको तथ्याङ्कमा उल्लेख छ । भारतमा पछिल्लो समय दैनिक ५० हजार भन्दा बढी कोरोनाका विरामी थपिदै छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्