भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ ।

अस्पताल बोर्डका अध्यक्ष डा.डिएस राणाकाअनुसार गान्धीलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना गरिएको हो । राणाले गान्धीको अवस्था अहिले सामान्य रहेको बताए । तर गान्धीलाई पेटको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको केही भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यसअघि फब्रुअरी २, २०२० मा पनि गान्धी पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । त्यसबेला उनलाई भेट्न थुप्रै नेताहरु पुगेका थिए । ७३ वर्षीया गान्धी केही वर्षयता स्वास्थ्य समस्याहरुसँग संघर्ष गर्दै आएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्