तराईमा वर्षेनी किन डुबान हुन्छ ?

मोहनबहादुर बोहरा 

हिजो आज तराइ तिर बाढी र डुबान भइरहेको छ यस्को कारण के होला ? किन भैरहएको छ ? के साच्चै पृथ्वीले आफ्नो ठाँउ ओगटेको होकि या मानिस ले पृथ्वी माथी हाबी भएको हो ? यसको कारण पत्ता लगाउन जरुरी छ ? अब नेपालको सन्दर्भमा अहिले मुख्य शहर बजारमा बाढी किन पसिरहेको छ ?डुबान किन भैरहेको छ त?

एउटा कारण त जलबायु परिबर्तन नै हो । समयमा पानी नपर्नु परे धेरै पर्नु । सहर बजारमा मुख्य सडक हरु पिच हुनु पानी जमिन ले सोस्न नपाउनु जमिन भित्र पानी नपस्दा पानी एक ठाँउमा जम्मा भएर बगेर बाढिको रूप लिन्छ ।

अर्को कुरा खोला किनार अतिक्रमण हुनु खोलाको आकार घटाउनु जसले गर्दा बर्खामा पानीले गर्दा खोलाले आफ्नो रुप लिन्छ र घर हरु बगाउछ ।

अर्को तिर पहाड तिर ग्रामीण सडक हरु निर्माण भैरहेको छ र जसले गर्दा पानी पर्दा बाढि पहिरोको रुप लिने गरेको छ ।

कसरी बच्ने त ?

मौसम बिभागले पुर्बानुमान गरेको हुन्छ जसले गर्दा हामिले समयमा सचेत हुने । खोलामा पानी परेको हुन्छ हामी पुल माथीबाट हेर्छौ । बाढी पहिरोमा परेका हरुलाइ फसेको मानिस लाई उद्दार गर्न तिर लागौ ।

बर्सातको पानी लाई बैज्ञानिक विधि बाट ब्यबस्थापन गर्न गुरुयोजना कार्ययोजना बनाउदै अगाडी जाने होकि ? केही हद सम्म कमि होला की ?

भौतिक संरचना बनाउदा खोला मासेर नबनाउ बनाउनै परे नदिले बर्खाको समयमा पुग्ने सतह सम्म नबानाउ ।
अन्तमा हामी सबैले उचित सुरक्षित भएर आफू पनि बचौँ र अरुलाइ पनि बचाउँ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्