शैलुङ गाउँपालिकाका जनप्रतिनिधिकाे ८ महिनाको सेवासुविधा वापतको ४० लाख काेराेना काेषमा

कोभिड–१९ तथा कोरोना भाइरस रोकथामका लागि दोलखाको शैलुङ गाउँपालिका कटिबद्ध रहेको छ । शैलुङका गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले दिएको जानकारी अनुसार कोरोना महाकारीका बेला देश नै आक्रान्त भइरहेको अवस्थामा दोलखाको शैलुङ गाउँपालिकाले भने कोरोना रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । स्थानीयहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्ने निर्देशित गर्नेदेखि लिएर स्वास्थ्य सामाग्रीको सदुपयोग, कोरोना नियन्त्रण, राहत वितरण लगायत अन्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलको छ ।
संघीय सरकारबाट पाउनु पर्ने राजश्व बाँडफाँटको रकम समेत नपाएको अवस्थामा शैलुङ गाउँपालिकाले योजनाहरुको भुक्तानी समेत प्रभावित भएको छ ।
गाउँपालिकाको ४५ औँ पूर्ण बैठकमा जनप्रतिनिधिहरुले पाउनुपर्ने ८ महिनाको सेवासुविधा तथा भत्ता कटाएर कोरोना कोषमा राखेर भएपनि विकास निर्माणलाई तिब्रता दिएको थियो ।
उक्त निर्णयलाई गाउँसभाले स्वीकृत गरी जनप्रतिनिधिले पाउने सेवासुविधा वापतको ४० लाख र बजेटबाट २० लाख गरी ६० लाखको कोरोना कोष खडा गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्