वनका अध्यक्ष माथि नै सांघातिक आक्रमण भएकाे भन्दै छाडा पशु चाैपाया नगरपालिकालाइ बुझाउदै स्थानीय

मुकेशप्रसाद जाेशी, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुरसिँह महरालाई आइतबार कार्यकक्षमा कुटपीट भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
कार्यकक्षमा नेपाल तरुण दल शु न पा ८ का सभापतिको नेतृत्वमा आएको १५–२० जनाको टोलीले अध्यक्ष महरामाथि हातपात गरेपछि अहिले नगरपालिका क्षेत्र तनावग्रस्त भएको छ । आफुलाई ज्यान मार्ने उद्देश्यले हातपात गरको वडा अध्यक्षले बताएपछि अझ वडा क्षेत्र झनै तनावग्रस्त भएको छ । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म र दोषीमाथि कानुन बमोजिम कारवाही नभएसम्म वडा कार्यालय समेत बन्द राखेपछि अहिले दैनिक सेवाप्रवाहमा असहज भएको छ भने सेवा लिनबाट वडावासी वञ्चित भएका छन् ।
यसैगरी सामुदायिक वनमा समेत जिम्मेवारी लिएका वडा अध्यक्ष महरामाथि कुटपीट गरेपछि उहाँ कोहलपुर अस्पताल, बाँकेमा उपचाररत हुनुहुन्छ् । यसले वडा क्षेत्रमा मात्र नभई सामुदायिक वनको कामकाज समेत ठप्प भएको छ । शुक्लाफाँटा नगरपालिका क्षेत्रका सबै छाडा पशुचौपाया व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको बैजनाथ सामुदायिक वनका अध्यक्ष माथि नै सांघातिक हमला भएपछि स्थानीयहरुले उक्त वनको गौशालामा रहेको छाडा पशुचौपायालाई नगरपालिकालाई बुझाउने भन्दै नगरपालिका कार्यालय तर्फ लगिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्