विश्वमा कोरोना संक्रमितको लगातार दोस्रो दिन नयाँ किर्तिमानी

काठमाडौँ – विश्व स्वास्थ्य संगठनले लगातार दोश्रो दिन विश्वमा कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको जनाएको छ ।

रोयटर्समा प्रकाशित समाचारमा बितेका २४ घण्टामा २ लाख ५९ हजार ८ सय ४८ जना संक्रमित फेला परेपछि संक्रमित संख्यामा लगातार दोश्रो दिन नयाँ कीर्तिमान कायम भएको हो ।

शनिबारमात्र विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना संक्रमितको दैनिक वृदधिमा नयाँ रेकर्ड कायम भएको जनाएको थियो । शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि विश्वको दैनिक संक्रमित संख्यामा नयाँ कीर्तिमान बनेको थियो । यसअघि यो कीर्तिमान जुलाई १२ मा बनेको थियो । सो दिन १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए ।

शनिबार थपिएका संक्रमितमध्ये अधिकाशं अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट भएको संगठनले जनाएको छ । शनिबार कोरोनाबाट हुने मृत्यु पनि बढेको छ । शनिबार एकैदिन ७ हजार ३ सय ६० जनाको मृत्यु भएको छ । यो संख्या मार्च १० यताकै उच्च हो । कोरोनाबाट जुलाईमा प्रतिदिन औषत ४८ सय जनाको मृत्यु भएको र जुनमा त्यो संख्या प्रतिदिन ४६ सय रहेको तथ्यांक संगठनले सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्