उडिरहेको विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि आपतकालीन अवतरण

रायनियरको यात्रुवहाक विमान आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि उक्त विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको नर्वेली प्रहरीले बताएको छ ।

विमानमा वम रहेको चेतावनी पछि विमानलाई आपतकालीन अवतरण गराउँदा विमानस्थलमा विमानस्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारका अन्य उपायलाई तयारी अवस्थामा राखिएको छ ।

“विमान सुरक्षितरूपमा अवतरण भएको छ, विष्फोटक पदार्थबारे थप जानकारी भैनसकेको तर विमानबाट यात्रुहरूलाई सुरक्षित निकाल्न थालिसकिएको छ,” नर्वेली प्रहरीको ट्वीटर सन्देशमा उल्लेख छ । “‘विस्फोटक पदार्थ’लाई व्यवस्थापन गरिएको छैन ।” सार्वजनिक प्रसारक एनआरकेका अनुसार विमान लन्डनबाट प्रस्थान गरेको थियो । समाचार तयार पार्दासम्म अवस्थाबारे थप विवरण उपलब्ध गराइएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्