कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड बढी बेरुजु, सबैभन्दा बढी कृष्णपुर र कम बेदकाेटमा

कञ्चनपुर – आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखाको ५७ औँ प्रतिवेदन अनुसार कञ्चनपुरका नौ वटा स्थानीय तहमा ४२ करोड ५७ लाख ९८ हजार बेरुजु देखिएको हो । स्थानीय तहले कानुन तथा नीतिसम्मत बजेट खर्च नगर्दा बेरुजु देखिएको हो ।

जसमा सबैभन्दा बढी बेरुजु कृष्णपुर नगरपालिकामा देखिएको छ भने सबै भन्दा कम वेदकोट नगरपालिकामा देखिएको छ । महालेखाको प्रतिवेदको अनुसार भीमदत्त नगरपालिकामा ६ करोड ६१ लाख ५९ हजार, वेदकोट नगरपालिकाको २ करोड ६९ लाख ५३ हजार, शुक्लाफाँटामा २ लाख ९२ लाख ३५ हजार, महाकालीमा ४ लाख २७ लाख ३७ हजार र बेलौरी नगरपालिकाको ९ करोड ९९ लाख ७२ हजार बेरुजु देखिएको छ ।

त्यस्तै महालेखाको प्रतिवेदनले पुनर्वास नगरपालिकाको ३ करोड २० लाख ८६ हजार, बेलडाँडी गाँउपालिकाको ३ करोड १७ लाख ९२ हजार र लालझाडी गाँउपालिकाको ४ करोड ३५ लाख ६ हजार बेरुजु देखाएको छ । वेदकोट र शुक्लाफाटा नगरपालिमा २ प्रतिशत भन्दा कम बेरुजु देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्