कोरोना संक्रमणदरमा भारतको नयाँ रेकर्ड, एकै दिन ३५ हजार संक्रमित थपिए, कुल संख्या १० लाख नाघ्यो

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ ।
वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार ४६८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च रेकर्ड हो । यससँगै भारमा कोरोना संक्रमिको संख्या १० लाख ५ हजार नाघेको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ६८० जनाको मृत्यु भएको छ । भने कुल मृतकको संख्या २५ हजार ६०९ पुगेको छ । यस्तै भारतमा निको हुनेको संख्या पनि उल्लेख्य रहेको छ । अहिलेसम्म भारमा ६ लाख ३६ हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्