सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु

सांकेतिक तस्वीर

बैतडी – सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका २ महाकालीकी १७ बर्षीया भागरथी चन्द रहेकी गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए।

भागरथीलाई घरको आगनमा रहेका बेला मंगलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजादैं गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष चन्दले बताए। मृतक किशोरी देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी थिईन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्