कानपुरमा आठ प्रहरीको हत्याको आरोपमा विकास दुबे पक्राउ

एजेन्सी – भारतको कानपुरमा आठ प्रहरीको हत्याको आरोपमा विकास दुबेलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेशको एक मन्दिरबाट उनी पक्राउ परेका हुन् । दुबे कानपुरका आठ जना प्रहरीको हत्या गरेर फरार रहेका थिए ।

अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले विकास दुबेको गिरफ्तारीको पुष्टि गरिसकेका छन् तर थप जानकारी दिन अस्वीकार गरेका छन् ।

यो पनि पढ्नुहोस् 

भारतको कानपुरमा अन्धाधुन्ध गोली प्रहारबाट एसपी सहित ८ सुरक्षाकर्मीको मृत्यु

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्