वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको फडानी र अनियमितताबारे छानबिन सुरु

मुकेश प्रसाद जोशी
कञ्चनपुर – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वनको फडानी र अनियमितताबारे छानबिन सुरु गरेको छ ।
वैज्ञानिक वन व्यवस्थापनको नाममा देशका विभिन्न ठाउँमा अनियमित ढंगले रुख कटान र आर्थिक अनियमितता भएको भन्दै यसबारे बुझ्न कञ्चनपुर पुगेका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य कञ्चनपुर पुगेका छन् । सदस्यहरु शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले आजबाट छानबिनको काम सुरु गरेको हो ।

समितिले वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न सोमबार बिहान सरोकारवालासँग छलफल गरेको थियो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको व्यापक बिरोध भएपछि वन व्यवस्थापनको अवस्थाबारे बुझ्नका लागि टोली कञ्चनपुर पुगेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्