काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्नुका कारण यि हुन्, यसरी गर्न सकिन्छ सामाधान – डा. रवीन्द्र पाण्डे

  •  संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन ।
  •  काठमाडौं उपत्याकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व पीसीआर टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
  • काठमाडौंका हरेकजसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् ।
  •  ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ ।
  •  दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।
  •  विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन । जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन् ।
  •  बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाविधिको अनुगमन र कारबाही गरिएको छैन ।
  •  सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ । जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ । जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन ।
  •  स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अरबौंका बिल बनाउन व्यस्त छ । सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोंच्नेसम्म फुर्सद छैन।
  •  आम नागरिकमा डर तथा सतर्कता हराउंदै गएको छ । सहि तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ । भौतिक दुरी पटक्कै कायम भएको छैन । थुक्ने बानी उस्तै छ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाबिधिलाई झारा तार्ने प्रवृतिको रुपमा स्थापित छ । 

समाधानका उपाय

  •  उपत्यका शिल गर्ने ।
  •  यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि पीसीआर टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने ।
  •  विदेशबाट नेपाल आएका व्यक्तिहरुलाई अनिबार्य रुपमा पीसीआर टेस्ट गर्ने । संक्रमितलाई आइसोलेसनमा राख्ने । नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने ।
  •  सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्ने जस्ता उपायलाई अनुगमन र जरिवाना गर्ने ।
  •  बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि ठाउँमा समय लिएर मात्र सेवा लिने / दिने ।
  •  अनलाइन प्रबिधिलाई सकेसम्म बिस्तार गर्ने । गाहकलाई प्रशिक्षित गर्ने । टेलिमेडिसिन बिस्तार गर्ने ।
  •  यस्तो बिपदमा पनि अनियमित काम गर्ने तथा आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारीलाई पदमुक्त गर्न दवाव दिने । कानुनी कारबाहीको लागि नागरिकले पहल गर्ने ।
  •  प्रत्येक वडा कार्यालय, नगरपालिका, महानगरपालिका, सांसद, अस्पताल, स्वास्थ्य मन्त्रालय तथा सरकारलाई दवाव दिएर पीसीआर टेस्टको दायरा बढाउन जनताले पहल गर्ने । पुलिंग मेथोड़बाट टेस्ट गर्न दवाव दिने । नीजि प्रयोगशालामा पीसीआर टेस्ट गर्न दवाव दिने । दवाव बिना परिक्षणको दायरा बढ्ने लक्षण देखिएन ।
  •  तरकारी बजारदेखि भीडभाडमा किनमेल गर्न नजाने । नागरिक आफैले सुरक्षाबिधि अपनाउने । जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई घरभित्र पनि आइसोलेसनमा राख्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्